कमजोर बन्दै मनसुनी गतिविधि

 साउन १, २०७६ बुधबार ८:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाको अनुमान छ । केही ठाउँमा एकैछिन ठूलो पानी पानी परे पनि अब लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । 

बुधबार दिनभर आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । बिहीबार र शुक्रबार पनि देशभर आशिंकदेखि सामान्य बदली केही ठाउँमा मात्र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

गएको साता बिहीबारदेखि सक्रिय भएको मनसुन मंगलबारदेखि कमजोर बन्दै गइरहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहन्छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया