ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – प्रायः हरेक शुक्रबार राजधानीसहित देशभरका फिल्म हलमा नेपाली तथा विदेशी चलचित्रको तीव्र प्रतिस्पर्धा हुने नौलो विषय होइन तर यो शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘घर’ प्रदर्शनीमा आएको छ । घर फिल्म देशका करीब १०० हलमा एक्लो प्रदर्शनी हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
एकै दिन धेरै फिल्मको प्रतिस्पर्धा हुँदा निर्माता, वितरक तथा कलाकारलाई समेत घाटा हुने भएकाले यो पटक सरोकार भएका निकायलाई आग्रह गरी एकमात्र फिल्म प्रदर्शनीको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । ‘धेरैपछि एकमात्र ‘सिङ्गल मूभी’ प्रदर्शनी हुँदैछ, त्यसमा पनि विदेशी हिन्दी हैन नेपाली फिल्म । यो चलचित्र उद्योगकै लागि सकारात्मक विषय हो’, उहाँले भन्नुभयो ।
चलचित्रका लेखक तथा निर्देशक अर्पण थापाले काठमाडौँमा नयाँ घर खरिदपछि त्यहाँ भएको भूतको आतङ्कलाई चलचित्रको विषयवस्तुमा प्रस्तुत गरिएको बताउनुभयो । काठमाण्डाैमा राम्रो र सस्तो घर पाएकाले खरिद गरिएको हुन्छ, त्यसपछि उक्त घरमा भूतको आतङ्क सिर्जना हुन्छ सोही विषयवस्तुमा रहेर फिल्मका पात्रलाई उतारिएको छ । घर ‘हरर मूभी’ हो ।
फिल्मले भूतप्रेतमा विश्वास गरिन्न तर यी वास्तविक जीवनमा पनि मेल खाने हुनाले यस्ता घटना संयोगान्त हुन भन्ने सन्देश प्रवाह गर्ने फिल्ममा नायकको समेत भूमिका निर्वाह गरेका थापाले सुनाउनुभयो । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाललगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेको लगानी रहेको चलचित्रको डिएस डिजिटलले निर्माण गरेको हो । चलचित्र वितरण रिच इन्टरटेनमेन्टले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।