१२ वर्षपछि चलचित्रमा 'कमब्याक' गर्दै शिल्पा शेट्टी

 साउन ५, २०७६ आइतबार २०:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडकी एक समयकी चर्चित अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा लामो समयदेखि चलचित्रबाट टाढा छिन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार १२ वर्षको अन्तरालपछि शिल्पा अब चलचित्र क्षेत्रमा कमब्याक गर्दैछिन् । शिल्पा छिट्टै नै गायक तथा अभिनेता दिलजीत दोसांझ र यामी गौतम अभिनित चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिनेछिन् । 

खबरहरुका अनुसार चलचित्रमा शिल्पाले एक लेखिकाको भूमिका निर्वाह गर्नेछिन् र यो चलचित्रलाई उनकै नजरबाट देखाइनेछ । यो चलचित्रको निर्माण रमेश तौरानीले गर्नेछन् भने निर्देशन हारुन मिर्जाले गर्नेछन् । हारुन निर्देशक अजीज मिर्जाका छोरा हुन् । हारुनले शाहरुख खान अभिनित चलचित्र ‘राजू बन गया जेन्टल म्यान', 'पहेली' जस्ता चलचित्रमा सहायक निर्देशककाे रुपमा काम गरेका छन् ।  

यतिबेला शिल्पा लण्डनमा छुट्टी मनाइरहेकी छिन् । उनी अगष्टमा भारत फर्कने र फर्किएलगत्तै नयाँ चलचित्रको छायांकनको काम सुरु हुने बताइएको छ । लामो समयदेखि शिल्पा रियालिटी टेलिभिजन शोहरुमा निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । 

साथै उनी आफ्नो फिटनेस एप र अनलाइन कुकिङ शो का कारण चर्चामा छाइरहेकी हुन्छिन् । झण्डै एक दशकभन्दा बढी समय चलचित्र क्षेत्रबाट टाढिएकी शिल्पाले 'कमब्याक' गर्ने खबरले उनका समर्थकहरु खुशी भएका छन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया