ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सप्तरी - छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै आएको रहस्य खुलेकाे छ ।
छिन्नमस्ता गाउँपालिकामा असार महिनामा विभिन्न योजनाहरु सम्पन्न भए पनि अहिले गाउँपालिकामा रकम लिन आउने उपभोक्ता समितबाट गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल कुरुडले स्वयं ५० प्रतिशतसम्म रकम कमिसन लिएर चेक दिने गरेको बताइएकाे छ । उपभोक्ता समितिले निर्धारित समय सीमाभित्रै काम सम्पन्न गरे पनि अहिले गाउँपालिकमा चेक लिन जाँदा ५० प्रतिशत रकम कमिसन नदिएसम्म चेक नदिने गरेको उपभोक्ता समितिहरुकाे आरोप छ ।
यस सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष मण्डलले आफूले ५० प्रतिशत रकम कमिसन लिने गरेको स्वीकार गरेका छन् । गाउँपालिका अध्यक्ष मण्डलले उपभोक्ता समितिसँग ५० प्रतिशत र कोटेशनवालासँग ४० प्रतिशत कमिसन लिएर मात्र चेक दिने गरेको स्वीकार गरेका हुन्।
उपभोक्ताहरुले आफूहरुको काम गरेको १५ दिन बित्तिसक्दा पनि चेक नदिएको आरोप लगाएका छन । एक उपभोक्ता समितिका अध्यक्ष नेपाली चौधरीले आफूले कमिसन नदिएकै कारणले अहिले चेक नदिएकाे र कमिसन दिनेलाई तुरुन्तै चेक दिने गरेको बताउनुभयाे ।
यस सम्बन्धमा गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले आफूलाई कमिसनका बारेमा केही थाहा नभएको बताउनुभयाे । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र कुमार चौधरीले आफूले समयमा काम सम्पन्न गरेका उपभोक्ता समितिहरुको सबै कागजपत्र र बिल भपाई हेरेर सही गरिसकेको तथा कमिसनको बारेमा आफूलाई केही पनि थाहा नभएको र आफू ५ दिनको बिदामा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।