चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - अभिनेत्री आँचल शर्मा अहिले म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् । ‘दाल भात तरकारी’ चलचित्रमा काम गरेपछि उनले कुनै पनि चलचित्र साइन गरेकी छैनन् ।
विभिन्न चलचित्रहरुबाट प्रस्ताव आइरहेको भए पनि चित्त बुझ्दो कथा नभएसम्म काम नगर्ने अडान अभिनेत्री शर्माले लिएकी छन् । प्रस्तुत छ, उनै अभिनेत्री शर्मासँग गरिएको रमाइलो कुराकानीको अंश–
कुनै पार्टीमा तपाईँलाई बोर लाग्यो र त्यहाँबाट निस्कन चाहनुहुन्छ तर पाउनु भएको छैन भने के गर्नुहुन्छ ?
जानै पर्ने छ भने त जान्छु, नत्र जाँदै जाँदिन, कुरै सक्कियो । तर, मलाई यस्तो अहिलेसम्म परेको छैन ।
तपाईँको छिमेकीले मध्य रातमा ठूलो आवाजमा गीत बजाएर डिस्टर्ब गर्यो भने ?
मलाई निद्रा डिस्टर्ब गरेको चाहिँ निकै रिस उठ्छ । किनभने कामको दबाबले गर्दा थाकेको हुन्छु । अनि अर्को कुरा बिहान कसैले उठाएको पनि मलाई मन पर्दैन ।
तपाईँले एउटा राम्रो स्क्रिप्ट पाउनु भयो तर काम गर्ने मान्छेसँग तपाईँको बोलचाल बन्द रहेछ भने ?
केही पनि हुँदैन थियो । म आफ्नो काम गर्थेँ किनभने काम भनेको भगवान हो । म काम गर्थेँ, बोल्ने नबोल्ने अर्काे कुरा तर सेटमा चाहिँ बोल्थेँ ।
देशको नेतृ बन्नुभयो भने के गर्नुहुन्थ्यो होला ?
अहिलेका नेताज्यूहरुले ठूला ठूला गफ गरिरहनु भएको छ । सायद म पनि तपाईँको धारा–धारामा मेलम्चीको पानी ल्याइदिन्छु, रेल ल्याइदिन्छु भन्दै ठूला-ठूला भाषण गर्थेँ होला (हाँसो) ।
तपाईँलाई एक्सले फेरि डेटिङ जाउँ भन्यो भने ?
म त्यो एक्सलाई ब्लक गर्छु । यदि नयाँ नम्बरबाट फोन गर्यो भने सरी ! मैले तपाईँलाई चिनिन भनेर फोन राखिदिन्थेँ (हाँसो) ।
तपाईँ कुनै कार्यक्रममा हुनुहुन्छ र कसैले तपाईँको कपडामा खानेकुरा पोखिदियो भने ?
अन्जानमै भएको गल्तीलाई त के भन्न सकिन्छ र ? केही छैन भनेर वास्तै गर्दिन थिएँ ।
कुनै अन्तर्वार्तामा सोधेको प्रश्नको उत्तर दिन मन लागेन भने ?
यसको उत्तर अहिले नदिउँ होला भनेर टारिदिन्छु । तर यस्तो त मलाई धेरै पटक भएको छ ।
कसैको बिहेको प्रस्ताव आउँदा राख्ने दुई शर्तहरु ?
मायामा सायद शर्त राखिँदैन र म पनि राख्दिनँ । तर मलाई माया गर्नुपर्छ र मेरो सबै परिवारलाई माया गर्नुपर्छ । अनि मलाई बुझ्नुपर्छ, त्यही नै हो ।
तपाईँले आफ्नो कुनै बानी छोड्नुपर्यो भने ?
म प्याच्च प्याच्च बोल्ने बानी चाहिँ छोड्थेँ होला ।
कुनै ठाउँमा हराएको सामान अन्तिममा आफ्नै खल्तीमा रहेछ भने ?
अलिकति त रिस पनि उठ्छ । त्यत्रो खोजेँ, कहीँ पनि भेटिन अखिरमा यहाँ रहेछ भन्छु । म प्रायः त्यस्तो बेलामा एक्लै बोलिरहेको हुन्छु ।
-उज्यालाे र गफगाफडट कमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।