चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
महोत्तरी – बर्दिवास नगरपालिका–५ मा रहेको टुटेश्वरनाथ मन्दिर दर्शन गरेर फर्किएकाे पिकअप दुर्घटना हुँदा २८ जना भारतीय तीर्थयात्रीहरु घाइते भएका छन् ।
सोमबार बर्दिवास नगरपालिका–५ को पूर्व पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय तीर्थालु सवार रहेको ना ४ च १०९९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो ।
टुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कने क्रममा दुर्घटना हुँदा २८ जना भारतीय तीर्थयात्री घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको छ ।
घाइते सबै भारतीय जिल्ला सीतामढीको बघारी गाउँका रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । यात्रु कोचाकोच गरेर राखेको पिकअप भ्यान पल्टिन बित्तिकै चालक भने फरार भएका छन् ।
पिकअप भ्यानका सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्र सिंह पनि घाइते हुनुभएको छ । पिकअप भ्यान र सहचालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।