ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे ।
हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् ।
हेमा ओझाले महानगरीय प्रहरी परिसर गौशालामा उजुरी गरेकी थिइन् । महिलासम्बन्धी मुद्धा महिला प्रहरी सेल कालिमाटीले हेर्ने भएकाले पक्राउ पूर्जी पनि त्यहीँबाट काटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पूर्जी जारी भएसँगै प्रहरीले दुवैलाई खोजिरहेको पनि उहाँले बताउनुभयो ।
नायिका शिल्पाले निर्माता छविराज ओझासँग डिभोर्सको प्रक्रिया अघि बढाएका बेला हेमा ओझाले उजुरी दिएपछि भने घटनाले नयाँ मोड लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yogita
July 24, 2019, 9:34 p.m.हाम्रो कानून पनि अजीव छ /