प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्र...
पुस ७, २०८१ आइतबार
लमजुङ – लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ल्याएकाे दुई जनाकाे शव फेला परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार दोर्दी खोलामा आएको बाढीले बगाएर ल्याएको दुई जनाको शव दोर्दी गाउँपालिका–४ नौथर शेरामा फेला परेको छ ।
‘बाढीले बगाएर ल्याएको २ जनाको शव दोर्दी खोला किनारामा फेला परेको छ । शवको पहिचान खुलेको छैन’, प्रहरी निरीक्षक पाण्डेले भन्नुभयाे । प्रहरीसँगको समन्वयमा गाउँपालिकाले दोर्दी र मर्स्याङ्दी नदी आसपास बस्ने नागरिकलाई सूचना प्रवाह गरी सतर्क रहन आग्रह गरेको उहाँले बताउनुभयाे ।
खोलामा बाढी आएकाले नदी आसपासमा बस्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
बुधबार दिउँसो ३ बजेदेखि दोर्दी खोलामा एक्कासि बाढी आएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दीलबहादुर घलेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।