मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
रामेछाप– लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–७, हलेदेमा नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको तामाकोशीले बगाएर ज्यान गएको छ ।
भक्तपुर कमलविनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको सेल्फी खिच्ने बेलामा तामाकोशीले बगाएर शुक्रबार दिउँसो ज्यान गएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि जाँदै थिइन् ।
रामेछापको सदरमुकाम मन्थलीवाट दोलखातर्फ जाने क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ तिल्पुङ्गको हलेदे भन्ने ठाउँमा सेल्फी खिच्ने क्रममा उनको चप्पल चिप्लिएर तामाकोशी नदीमा खसेकी थिइन् । १ किलोमिटर तल मन्थली नगरपालिका वडा नम्बर–१, आकाशेको पक्की पुलनजिक बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले दिएको खबर पाउनासाथ मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाट गएको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो । उनको अवस्था चिन्ताजनक भएकाले तत्कालै मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।
कमलविनायक घर भएकी शर्मिला भक्तपुरकै दूधपाटीमा रहेको रोज डेन्टलमा कार्यरत थिइन् । उनी कार्यरत रहेको रोज डेन्टलका डाक्टर, मृतक शर्मिलाकी दिदीसहित उनी दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि भक्तपुरबाट शुक्रबार बिहान हिँडेका थिए । उनीहरु कारमा रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखा जाँदै गर्दा सबै जना मिलेर बाटोमा सेल्फी, सामूहिक तस्वीर खिच्दै जाँदै थिए ।
घटनापछि प्रहरीले उनीसँगै आएका डाक्टर, उनकी दिदीलगायतको टोलीसँग सोधपुछ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।