चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
मकवानपुर - प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय चार दिनमै उल्टिएको छ ।
अत्यावश्यक सवारी साधन खरिद गर्न प्रदेश सरकारबाट लगिएको रकम फ्रिज नहुने भन्ने सोमबारको निर्णय शुक्रबारको बैठकले उल्ट्याउँदै अब खर्च नभएको सबै रकम फिर्ता गर्नु पर्ने निर्णय गरेको हो ।
सोमबारको बैठकले गएको आर्थिक वर्ष २०७५/०७६ मा अत्यावस्यक सवारी साधन खरिदमा प्रदेश सरकारबाट लगेको रकम फ्रिज नहुने निर्णय गरेको थियो । प्रदेश सरकारले एम्बुलेन्स, शव वाहन, दमकल लगायतका अत्यावश्यक सवारी साधन खरिदका लागि प्रदेशका स्थानीय तहलाई रकम पठाएको ।
प्रदेश सरकारले स्थानीय तहलाई अत्यावश्यक सवारी खरिद गर्न पठाएको रकम ढिला गरी पठाएकाले प्रकृया पुर्याएर सवारी खरिद गर्न नसक्ने भएपछी धेरै स्थानीय तहले रकम फिर्ता गरिसकेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा खर्च नभएको रकम यही साउन १५ गतेभित्र प्रदेश सरकारको संचित कोषमा रकम फिर्ता गर्नुपर्ने निर्णय बैठकले गरेको हो ।
अर्थका कर्मचारीले रकम फ्रिज नहुने भन्ने निर्णय गर्न नमिल्ने भनेर बारम्बार भन्दा पनि गएको मन्त्रिपरिषद् बैठकले त्यही निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय आर्थिक नियमको बर्खिलाप हुनेगरी आएकाले निर्णय फिर्ता लिन सरकार बाध्य भएको प्रदेश मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले बताए ।
आर्थिक वर्ष सकिएपछि खर्च हुन नसकेको रकम कुनै स्थानीय तहले फिर्ता गरिसकेको र मन्त्रिपरिषद् बैठकको निर्णयबाट कुनैले फिर्ता गर्न नपर्ने अवस्था आएपछि सरकार बाध्यभएर पछि हटेको आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले यो दुवै निर्णय गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।