चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
मकवानपुर - मकवानपुर क्रिकेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको छ ।
रक्त क्यान्सरबाट पीडित श्रेष्ठको आइतबार बिहान काठमाण्डौकाेशहीद मेमोरियल अस्पतालमा ३६ वर्षकाे उमेरमा निधन भएको हो । आठ महिनादेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको आइतबार निधन भएको हो।
हेटौंडा–५, सानोपोखराका निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य हुन भने उनी संघको पूर्व कोषाध्यक्षसमेत भएका थिए । क्रिकेट खेल त्यति बेलै नेपालमा कम खेलिन्थ्यो । कम मान्छेको रुचिमा परेकाे खेल थियो क्रिकेट । मकवानपुरमा पनि क्रिकेटप्रतिकाे लगाव त्यति आशालाग्दो थिएन ।
मकवानपुरमा राम्रा क्रिकेट खेलाडी पनि त्यतिबेला थाेरैमात्र थिए ।मकवानपुरमा क्रिकेट खेलाडीकाे खडेरी टारेका पूर्व खेलाडी तथा कप्तान निरज श्रेष्ठलाई यहाँको क्रिकेटको हस्तीको रुपमा लिइन्छ ।
क्रिकेटर निरज झण्डै २ वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका थिए । भारतको नयाँ दिल्लीदेखि काठमाण्डौका अधिकांश अस्पतालमा उनले उपचार गराएका थिए । उनलाई बचाउन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित सिनियर खेलाडीले हेटौंडामै च्यारिटी क्रिकेट म्याच पनि खेलेकाथिए ।
च्यारिटी म्याचबाट उठेको रकम निरजकै उपचारमा खर्च गरिएको थियो । मकवानपुर क्रिकेट संघले समय-समयमा सहयोग गरेको थियो ।
१५ वर्षको उमेरमै क्रिकेटको ब्याट उचालेका निरजले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलिसकेका थिए ।उनले २०६०–६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका थिए।
निरजलाई श्रद्धाञ्जली अर्पण गर्न मकवानपुर क्रिकेट संघको टोली काठमाण्डौ लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।