उदित नारायण झालाई ज्यान मार्ने धम्की

 साउन १४, २०७६ मंगलबार १३:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आइरहेको खबर सार्वजनिक भएको छ ।

गएको दुइ हप्तादेखि लगातार रुपमा धम्कीसहितको फोन आउन थालेपछि उनी प्रहरीकहाँ पुगेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले मुम्बइको अम्बोली प्रहरी चौकीमा उजुरी गरेका हुन् । उजुरी परेपछि प्रहरीले हाललाई एफआईआर दर्ता नगरी जाँच पड्ताल सुरु गरेको छ ।

यसैबीच प्रहरीले धम्कीसहितको फोन आउने मोबाइल नम्बर ट्रेस गरिसकेको छ । यो फोन विहारबाट आएको पत्ता लागेकाले प्रहरीको टोली त्यतातिर पठाइसकेको जनाएकाे छ ।

प्रहरी अधिकारी भरत गायकवाडका अनुसार त्यो शंकास्पद नम्बरबाट दुइ हप्तामा कम्तीमा पनि तीन चारपटक फोन आइसकेको छ ।
प्रहरीले फोन गर्ने व्यक्तिको नाम लक्ष्मण भएको र उनले फोनमा गालीगलौज गरेर ज्यानसम्म मार्ने धम्की दिएका थिए । उनी गालीगलौजमा उत्रिए पनि पैसा माग्ने काम भने नगरेको बताएको छ ।

स्थानीय प्रहरी भन्छ, ‘हामी यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । गायक उदित नारायणको अंधेरीमा रहेको घर बाहिर प्रहरीको टोली तैनाथ गरिदिएका छौँ । अर्को एउटा टोली भने विहारतर्फ पठाएका छौँ ।’

प्रहरीका अनुसार पहिलोपटक लगभग एक महिनाअघि फोन आएको थियो । यो क्रम गएको जुलाइ १७ तारिखमा दोहोरियो । तेस्रोपटक भने जुलाइको २३ तारिखमा फोन आएको फोन रेकर्डमा देखिएको छ ।

उदित नारायणको घरमा रहेका गार्ड विहारको भएको र उनी केही समयअघि घर जाने क्रममा उनको फोन हराएको थियो । शायद त्यसै फोनबाट उदित नारायणको नम्बर पाएर त्यस व्यक्तिले धम्क्याएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।   
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया