कंगनाको ‘जजमेन्टल हे क्या ?' फेरि विवादमा, पोस्टर चोरेको आरोप

 साउन १४, २०७६ मंगलबार १४:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

कंगना रनावत अभिनित चलचित्र ‘जजमेन्टल हे क्या ?’ प्रदर्शन हुनुअघि नै विवादमा फसेको थियो । अहिले फेरि प्रदर्शनमा आइसकेपछि यो चलचित्र फेरि नयाँ विवादमा तानिएकाे छ । 

यो चलचित्रलाई अहिले पोस्टर चोरी गरेको आरोप लागेको छ । हङ्गेरीकी महिला फोटोग्राफर फोरा बोर्सीले चलचित्रले पोस्टर चोरी गरेको आरोप लगाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन, ‘यो चलचित्रको पोस्टरले मेरो कलाको चोरी गरेको छ । कृपया कसैले केही सम्झाउन सक्छ, यो के भैरहेको छ ? यो सही होइन ।’ 

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र चलचित्रको पोस्टर पोस्ट गर्दै लेखेकी छिन्, ‘के तपाईँहरुले केही समानता देखिरहनु भएको छ ? यो चर्चित बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ को पोष्टर हो । यसको प्रयोग गर्नुअघि न त मेरो अनुमति लिइएको थियो, न त मसँग कुनै कुराकानी नै भएको थियो । यो ठूला कम्पनीहरुको लागि लाजमर्दो कुरा हो, जसले हामीजस्ता स्वतन्त्र कलाकारको कलाको चोरी गर्छ ।’ 

एकता कपूरको निर्माण तथा प्रकाश कोवेलामुदीको निर्देशन रहेको यो चलचित्र गएको जुलाई २६ मा प्रदर्शन भएको थियो । चलचित्रमा कंगना रनावत र राजकुमार रावको मुख्य भूमिका रहेको छ । 

चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । २९ करोडको लागतमा बनेको यो चलचित्रले प्रदर्शन भएको चौथो दिन सम्ममा २२ करोड भारुमाथिको व्यापार गरिसकेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया