थापाथलीमा टाटा मोटर्स कार्निभल : गाडी खरिदबिक्रीमा उपहार, विदेश घुम्ने अवसर पनि

 साउन १७, २०७६ शुक्रबार ६:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार्निभल सुरु गरेको छ ।

बिहीबारदेखि थापाथलीमा सुरु भएको मेलामा ग्राहकले गाडी खरिद र सट्टापट्टा गरेवापत लक्की ड्र अनुसार बिभिन्न आकर्षक  उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक ग्राहकले गाडी खरिद गर्दा युरोप भ्रमण, एप्पल सेट र तीन लाख रुपैयाँ छुटमध्ये एउटा उपहार रोज्न सक्नेछन् ।

ग्राहकले गाडी एक्सचेन्जमा एक लाख सम्मको छुट, एक वर्षको फ्री रोड ट्याक्स र कार एसोसोरिज पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले लक्की ड्र अन्तर्गत बिजेतालाई बैंकक भ्रमण, सामसुङको ३२ इन्च टेलिभिजन, हुवावेको स्मार्ट फोन, दक्षिणकाली भिलेज रिसोर्टमा नाइट स्टे लगायत आकर्षक उपहार योजना राखेको जनाएको छ ।  हरेक टेष्ट ड्राइभमा दुईवटा फ्रि मुभी टिकट र हरेक गाडी खरिदमा १० हजार रुपैयाँको सरप्राइज गिफ्ट समेत दिनेछ ।

मेलामा ग्राहकले टाटाको गाडी खरिद तथा सटही गर्न सक्नुका साथै खेल, नृत्य, जादु, खाना लगायतको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

टाटाको गाडी प्रयोग गर्दै आएका ग्राहकसँगै नयाँ ग्राहकलाई प्रेरित गर्ने उद्धेश्यले शहर केन्द्रित टाटा कार्निभल आयोजना गरिएको कम्पनीले जनाएको छ । मेला आइतबारसम्म चल्नेछ ।

१५ सयभन्दा बढी दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा ६० वटा गाडी बिक्री हुने कम्पनीले अनुमान गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया