ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
पाँचथर - पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा रहेको पूर्वको गोसाइकुण्डको नामले परिचित तिम्बुङ पोखरीमा सांस्कृतिक अतिक्रमण भएको भन्दै आदिवासी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।
पोखरी परिसरभित्रै मन्दिर निर्माण गरेर पोखरीको नाम नै अर्कै नामाकरण गर्न खोजिएको भन्दै १८ वटा आदिवासी संघ संस्थाहरुले आपत्ति जनाएका हुन् । पोखरीलाई प्राकृतिक र जैविक रुपमा रहन दिनुपर्ने भए पनि मन्दिर निर्माणका क्रममा कंक्रिट प्रयोग गरिनाले यहाँको जैविक विविधतामा असर पुग्ने समेत दाबि गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा लगायतका आदिवासी संघ संस्थाहरुले सांस्कृतिक अतिक्रमण रोक्न तथा पोखरी परिसरमा निर्माण गरिएको मन्दिर हटाउन समेत माग गरेका छन् ।
यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि रैथाने परम्परा, ज्ञान र संस्कृतिको प्रयोग गर्दै पर्यावरणमा सन्तुलन कायम राखेर पूर्वाधार निर्माण निर्माणका कार्य अघि बढाउनुपर्ने समेत उल्लेख गरिएको छ ।
पर्यटन मन्त्रालयको ५० लाख र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको ५ लाख गरी कुल ५५ लाख रुपैयाँको लगानीमा यस क्षेत्रमा मन्दिर तथा सिँढीमार्ग निर्माण गरिएको सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोले बताउनुभयो । बर्खायाममा मात्र पुग्न सकिने यो क्षेत्र पूर्वको प्रमुख पर्यटकीय स्थलको रुपमा हेरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।