निर्देशक डेभिड धवनसँग बिग्रिएको सम्बन्धबारे गोविन्दाले मुख खाेले

 साउन १७, २०७६ शुक्रबार २०:४५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्नो बेजोड अभिनय र कमिक टाइमिङका कारण चर्चित अभिनेता गोविन्दा ९० को दशकका हिट अभिनेता मध्यका एक हुन् । उनले बलिउडमा धेरैजसो फिल्म निर्देशक डेभिड धवनसँग काम गरेका छन् ।

तर केही वर्षदेखि यी दुईबीचको सम्बन्ध बिग्रिएको छ । हालै गाेविन्दाले डेभिड धवनसँगको सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका छन् ।

गोविन्दाले हालै एक टेलिभिजन शो मा आफ्नो जीवनका कैयौँ तिता मीठा भोगाइहरुका बारेमा खुलेर बोलेका छन् । यसै क्रममा गोविन्दाले डेभिड धवनसँगको मनमुटावका विषयमा पनि कुरा गरे । डेभिड धवनसँगको मनमुटावबारे कुरा गर्दै गोविन्दाले उनका आफ्नै छोरा वरुण धवनले पनि उनीसँग १७ वटा फिल्ममा काम नगर्ने बताए। 

गोविन्दाले भने, ‘मैले आफ्ना आफन्तहरुसँग पनि त्यस्तो सम्बन्ध निर्वाह गरिनँ जुन डेभिड धवनसँग गरेँ । मेरो आफ्नै भाइ निर्देशक छ तर पनि मैले उसँग अहिलेसम्म १७ फिल्ममा काम गर्न सकेको छैन । तर पनि म बाट के अपेक्षा गरिरहेका छन् त्यो म बुझ्न सकिरहेको छैन ।’

गोविन्दाले डेभिड धवनसँग कुराकानी बन्द गरेको विषयमा भने, ‘उनी मसँग प्रश्न सोध्न त्यतिबेला लायक बन्नेछन्, जब उनी आफ्ना छोरासँग १७ वटा फिल्ममा काम गर्नेछन् । तर मलाई लाग्दैन कि उनका छोरा वरुण धवन उनीसँग १७ वटा फिल्ममा काम गर्नेछन् । किन कि उनी पढेलेखेका छन् । कुनै कलाकारसँग १७ वटा फिल्म बनाउनुको अर्थ के हुन्छ, त्यो मैले बुझ्न सकेको थिइनँ ।’

गोविन्दाले डेभिडसँग बोल्न छोड्नुको कारण बताउँदै भने, ‘केही समय अघि म राजनितीमा सक्रिय थिएँ । तर मैले पछि राजनीतिबाट सन्यास लिने निर्णय गरेँ । राजनीतिबाट बाहिर आएपछि मैले मेरो सेक्रेटरीलाई डेभिडसँग कुरा गर्न भनेँ । उनी मसँगै थिए त्यसैले मैले उनलाई फोन स्पीकरमा राख्न भनेँ किन कि डेभिडले भनेका कुरा म आफैँ सुन्न चाहन्थेँ । त्यतिबेला डेभिड उताबाट भनिरहेका थिए- ‘चीची (गोविन्दा) अचेल धेरै प्रश्न सोध्ने भएको छ । त्यसैले म उसँग काम गर्न चाहन्न । उसलाई कतै सानातिना भूमिका मिलिहाल्यो भने त्यसैमा काम गर्नु भनिदिनू ।’ त्यो कुरा मेरो मनमा बिझ्याे र म निकै दुखी भएँ। त्यही बेलादेखि मैले उनीसँग बोल्न छोडिदिएँ ।’ 

गोविन्दा र डेभिड धवनले एकसाथ फिल्म ‘राजा बाबु’, ‘कुली नम्बर १’, ‘साजन चले ससुराल’, ‘हिरो नम्बर १, ‘जोडी नम्बर १’ जस्ता फिल्ममा काम गरेका थिए । डेभिडले धवन छिट्टै नै फिल्म ‘कुली नम्बर १’ को रिमेक बनाउने भएका छन् । यस फिल्ममा उनी छोरा वरुण धवनसँग काम गर्नेछन । फिल्ममा वरुण धवनको जोडीको रुपमा अभिनेत्री सारा अली खान हुनेछिन् । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया