ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
साउन – पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत फिदिम आयोजना कार्यालयले पूर्वी पहाडी जिल्लामा काम गर्दै आएका पाँच ओटा निर्माण कम्पनीलाई जरिबाना गरेको छ ।
आयोजना कार्यालयले तोकिएको समयभित्रमा लोकमार्ग अन्तर्गतको पुल र सडकको काम सम्पन्न नगर्ने पाँच ओटा निर्माण कम्पनीलार्ई जरिबाना तिराएको हो । कारबाहीमा परेका पाँच ओटा निर्माण कम्पनीबाट १ करोड २२ लाख असुली गरिएको छ ।
नेपाल–भारत सीमा पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडी जिल्लाको झुलाघाटसम्म जोडिने लोकमार्गको एक हजार सात सय ७६ किलोमिटरमध्ये फिदिम कार्यालयको कार्यक्षेत्रभित्र दुई सय ८० किलोमिटर पर्दछ । यी क्षेत्रमा काम गर्दै आएका निर्माण कम्पनीहरुलाई कारबाहीस्वरुप जरिबाना तिराइएको आयोजना कार्यालय फिदिम प्रमुख अभिमान मुल्मीले बताउनु भयो ।
कारबाहीमा परेकाहरुमध्ये कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन प्रालिलाई ५९ लाख ६९ हजार एक सय ६५ रुपैँया, इलाइट कन्स्ट्रक्सन प्रालिलाई सात लाख ७३ हजार ३ सय रुपैँया, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालीलाई ५४ लाख ५३ हजार दुई सय २६ रुपैँया, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन प्रालिलाई एक लाख ७५ हजार एक सय ५२ रुपैँया र एरिना कन्स्ट्रक्सन प्रालिलाई एक लाख १९ हजार आठ सय २० रुपैँया जरिबाना तिराइएको हो ।
फिदिममा कार्यालय स्थापना भएपछि लोकमार्गको काममा तीव्रता दिइएको र कार्यालयको क्षेत्रभित्र झण्डै ४० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको कार्यालयले जनाएको छ । जरिबाना गरिएका कम्पनीहरुलाई काम सम्पन्न गर्न निश्चित समयावधि दिइएको छ । तोकिएको समयसीमाभित्र पनि काम सम्पन्न नगरे कानुन अनुसार कालो सूचीमा राखिने प्रमुख मुल्मीको भनाइ रहेको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्यका साथ लोकमार्गको काम भैरहेको छ । आयोजनाले ३५ प्याकेजमा ६ अर्ब ४४ करोड ७३ लाख रुपैँयामा ठेक्का दिइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।