डोल्पाकाे शे–फोक्सुण्डो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो
मंसिर १२, २०८१ बुधबार
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् ।
कोहलीले वेस्ट इण्डिजविरुद्धको एक दिवसीय क्रिकेटमा १९ रन बनाएसँगै पाकिस्तानी खेलाडी जावेद मियाँदादको वेस्ट इण्डिजविरुद्ध सर्वाधिक रन बनाउने विदेशी खेलाडीको रेकर्ड तोडेका हुन् ।
आइतबार दोस्रो एक दिवसीय क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा भारतले सुरुआत भने राम्रो गर्न सकेन । पहिलो विकेट गुमेपछि ब्याटिङ गर्न आएका विराटले १९ रन बनाएसँगै २६ वर्ष पुरानो जावेद मियाँदादको रेकर्ड भंग गरेका हुन् ।
मियाँदादले वेस्ट इण्डिजविरुद्ध ६४ पारीमा १९३० रन बनाएका थिए । यो रेकर्ड कायम गर्न कोहलीलाई ३५ पारीमात्र लाग्याे । विराटले वेस्ट इण्डिजविरुद्ध अहिलेम्म सात शतक पनि बनाएका छन् ।
आजको खेलमा विराट कोहलीले १२५ बलमा १४ चौका र १ छक्काको सहयोगमा १२० रन बनाए । योसँगै उनले ४२औँ शतक प्रहार गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।