प्रदेश ३ को एउटै मन्त्रालयको राजश्व डेढ अर्ब

 साउन २८, २०७६ मंगलबार १०:६:२१ | हरि हुमागाईं

मकवानपुर - प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब  ७३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसमध्ये सबैभन्दा वढी राजस्व वन क्षेत्रबाट संकलन भएको छ । प्रदेशका १३ जिल्लाबाट वन क्षेत्रबाट प्रदेश सरकारले ७८ करोड भन्दा बडी राजस्व संकलनगर्न सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका निजी सचिव नवराज पुडासैनीले जानकारी दिनुभयो । 

यसैगरी समूह कोष तर्फ ६५ करोड २१ लख रुपैयाँ राजस्व संकलन गरिएको छ । सरकारी सञ्चित कोषमा १३ करोड ६३ लाख र उद्योग क्षेत्रमा १५ करोड ६७लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको उहाँले बताउनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा राजस्वलाई अझै बढाउने लक्ष राखेको छ । 

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया