लामो दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही हुने

 साउन २९, २०७६ बुधबार ६:५२:२० | उज्यालो सहकर्मी

काठमाण्डौ – लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्न सरकारले ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो । 

प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही गर्ने विभागले चेतावनी दिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी हरेक ६÷६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ । 

तर धेरै गाडी व्यवसायीले यो नियम पालना गरेका छैनन् । एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना हुने गरेको छ । लामो दूरीका तथा राति गाडी चलाउने चालक निदाउने, थकान र अरु मानसिक दबाबले दुर्घटना बढ्न थालेपछि विभागले दुई जना चालक हुनुपर्ने नियम पालना गर्न ध्यानाकर्षण गराएको हो ।

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया