क्यान्सरबाट पीडित सोनाली बेन्द्रेको कपाल कटाउँदै गरेको भिडियोसहित यस्तो भावुक सन्देश

 असार २७, २०७५ बुधबार १०:१:२९ | एजेन्सी

बलिउड अभिनेत्री सोनाली बेन्द्र मेटास्टेटिक क्यान्सरबाट पीडित छिन् । उनी केही दिनदेखि उपचारका लागि न्यूयोर्कमा छिन् ।

सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको कुरा इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् । सोनालीले आफ्नो ट्विटरमा नयाँ भिडियो सार्वजनिक गरेकी छिन् । जुन भिडियोमा क्यान्सरको उपचारका लागि उनले कपाल कटाउँदै गरेकी छिन् । भिडियोसँगै उनले लेखिका इसाबेल अलेन्डेका केही पंक्ति पनि उद्धृत गरेकी छिन् । 

सोनाली बेन्द्रले लेखेकी छिन्, ‘मलाई मन पर्ने लेखिका इसाबेल अलेन्डेको शब्दमा भन्नुपर्दा, ‘हामीलाई तबसम्म आफू कतिसम्म साहसी छु भन्ने कुरा थाहा हुँदैन जबसम्म हामीभित्र लुकेर रहेको क्षमताको प्रयोग गर्न बाध्य हुँदैनौँ । त्रासदी, युद्ध वा आवश्यक पर्दा मानिस साहसी हुने गर्छन् । समस्यासँग सामना गर्न र पुनः खडा हुन सक्ने सामथ्र्य मानव जगतको अद्भूत क्षमता हो ।’ केही दिनदेखि मैले सबैबाट स्नेह पाइरहेकी छु । म उनीहरुप्रति अनुग्रहित छु जसले क्यान्सरसँग आफूले कसरी सामना गरे भन्ने सन्देश पठाए । तपाईँहरुको कहानीले ममा साहस थपिएको छ । सबैभन्दा ठूलो कुरा त यस घडीमा म एक्लै छैन । म अब हरेक दिन बाँचिरहेकी छु । सकारात्मक सोचका साथ अघि बढ्ने प्रयत्न गरिरहेकी छु...।’

सोनाली बेन्द्रे केही वर्षदेखि बलिउड तथा बी–टाउनबाट टाढा थिइन् । तर उनी सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी थिइन् । उनले लगभग बलिउडका सबै चर्चित कलाकारसँग काम गरेकी छिन् । सन् १९९४ मा रिलिज भएको ‘आग’ बाट सोनालीले बलिउडमा कदम राखेकी थिइन् । त्यसपछि उनले ‘सरफरोश’ ‘हम साथ साथ हैँ’ जस्ता चलचित्रमा दमदार अभिनय गरेकी छिन् ।

शाहरुख खानसँग ‘कल हो ना हो’ मा पनि अभिनय गरेकी सोनाली ‘इन्डियाज गट ट्यालेन्ट’ तथा ‘इन्डियन आइडल ४’ मा निर्णायकको भूमिका समेत निर्वाह गरेकी थिइन् ।
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sarina Ang

    July 12, 2018, 7:33 a.m.

    Bad news

  •  0 Reply

तपाईको प्रतिक्रिया