पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
जुम्ला – कर्णालीमा पर्यटन प्रवर्द्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथन बुधबार सुरु भएको छ ।
पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु गरिएको हो ।
जुम्ला रारा अल्ट्रा म्याराथोन प्रतियोगितामा अन्तराष्ट्रिय धावकदेखि साहित्यकार तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको सहभागिता रहेको छ ।
अन्तराष्ट्रिय धावक सुनमाया बुढा पनि जुम्ला देखि रारा तालसम्मको प्रतियोगितामा सहभागिता भएकी छिन् ।
‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराई पर्यटन प्रबद्र्धन गर्नका लागि अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
उनका अनुसार, खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने तथा रारा कर्णाली पर्यटन बर्ष २०७५ लाई सफल पार्न पनि प्रतियोगिताले सघाउनेछ ।
शाहीका अनुसार राष्ट्यि स्तरको अल्ट्रा म्याराथोन प्रतियोगितामा राष्ट्यि स्थानीय गरी ८० खेलाडी सहभागी भएका छन् ।
जिल्ला बाहिरका मात्रै ३६ खेलाडीले सहभागिता जनाएका छन् । विभिन्न प्रतियोगितामा गएर उपाधि पाइसकेका खेलाडीहरु पनि सहभागी छन् । ती मध्य १६ जना महिला रहेका छन् ।
जुम्ला सदरमुकामदेखि सुरु भएको दौड मुगुको हुटु लेकमा सकिने सकिने छ । जुम्ला सदरमुकामको चन्दननाथ मन्दिर अगाडिबाट सुरु गरिएको ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टाकामा मिट प्वाइन्टमा पुगिसक्नु पर्ने कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।
‘जुम्ला रारा अल्ट्रा म्याराथोनको रुट जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुँदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ ।’
प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लबलगायतका खेलाडी सहभागी हुने भएका छन् ।
पर्यटन प्रबद्र्धन र खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला, चन्दननाथ नगरपालि लगायतको समन्वयमा ११ लाख लागत बजेटमा उक्त प्रतियोगिता हुने भएको आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिता सुरु हुने जुम्ला सदरमुकाम चन्दननाथ मन्दिरदेखि मुगुको हुटु लेकसम्म पुगुन्जेलसम्मका लागि पाँच ठाउँमा खेलाडी चेक प्वाइन्ट राखिएको छ । बाटो भिरालो तथा अप्ठयारो भएका कारण खेलाडी हराउन सक्ने सम्भावना पनि छ ।
जुम्लादेखि मुगु पुग्दासम्म खाली, चौथा, बुलबुले र चुचामारे लेकमा चेक प्वाइन्ट स्थापना गरिएको आयोजकले जनाएको छ ।
यसैगरी बीच बाटोमा आउने सक्ने स्वास्थ्य खराबीलाई मध्यनजर गर्दै पाँच स्थानमा स्वास्थ्य क्याम्प पनि राखिएको छ । नेपाली सेना, प्रतिष्ठान तथा स्वास्थ्य चौकीसँगको समन्वयमा पाँच स्थानमा स्वास्थ्य जाँच क्याम्प राखिएको आयोजकले जनाएको छ ।
च्यारेचौर, डाँफे लेक, काब्राचौर र चुचामारे लेकमा स्वास्थ्य क्याम्पका साथ स्वास्थ्यकर्मी तयारी अबस्थामा राखिएको छ । जुम्ला रारा अल्ट्रा म्याराथनलाई सफल पार्न ५० जना स्वयसेवकहरु परिचालन गरिएको छ ।
उद्घाटन कार्यक्रममा चन्नदननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल, एथलेटिक्स संघ केन्द्रीय प्रशिक्षक राजिब विक्रम शाहको उपस्थिति रहेको थियो । प्रतियोगिता मुगुको राराताल सम्म पुगेर सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
Jiban Neupane
July 11, 2018, 1:54 p.m.I am interested about ultra marathon but i can found your notice please next time make you information broad i mean all most people easily can take your notices