उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
दक्षिण एसियाली फुटबल संघ (साफ) यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा भारतसँग ५० ले पराजित भएको नेपालले शुक्रबार श्रीलंकालाई २० ले हरायो ।
भारतको कल्याणीमा भएको खेलमा नेपालका लागि सशांक बोहोराले पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४६ औं मिनेटमा नेपालका लागि शशांक बोहोराले खेलमा अग्रता बनाए ।
श्रीलंकाले गोल फर्काउन बारम्बार नेपालको पोष्टमा प्रहार गरे पनि सफल हुन सकेन । खेलको ८३ औं मिनेटमा नेपालले दोस्रो गोल गर्न सफल भयो ।
नेपालका लागि अशिम राईले गोल गर्न सफल भए । उनी ६८ औं मिनेटमा कृष्ण यादवको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै नेपालले समूहमा तीन अंक जोडेको छ ।
यो हारले श्रीलंकाको दुई खेलमा तीन अंक भएको छ भने नेपालले श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।