उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपालले एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौँ स्थान हासिल गरेकाे छ ।
समूह चरणका दुवै खेलमा पराजित भएको नेपाल र अफगानिस्तान पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले शुक्रबार आर्मी कभर्डहल लगनखेलमा अफगानिस्तानमाथि ३–१ काे जित निकाल्दै पाँचौँ स्थानमा प्रतियोगिता टुंग्याएकाे हाे । नेपालमै आयोजना भएको यो प्रतियोगितामा घरेलु कोर्टको फाइदा उठाउँदै पदक जित्ने अपेक्षा गरिए पनि समूह चरणमा नेपालले कुनै पनि सेट जित्न सफल भएको थिएन ।
शुक्रबार अफगानिस्तानविरुद्ध पहिलो सेट २५–२३ले जितेको नेपालले दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा अफगानिस्तानले २५–२३ ले जित्दै सेट बराबरी गरेको थियो । तेस्रो सेटमा भने नेपालले २५–१८ को स्कोरमा जित हात पार्दै सेटमा २–१ को अग्रता बनाएको थियो ।
चौथो सेटमा नेपालले २६–२४ ले जित हात पार्दै ३–१ को सेटमा जित हात पार्दै पाँचौँ स्थानमा रहेर प्रतियोगित टुंग्यायो । नेपालसँग पराजित भएको अफगानिस्तान छैटौँ स्थानमा रहँदा बंगलादेश सातौँ स्थानमा रह्यो । प्रतियोगिताको उपाधिका लागि शनिबार उज्बेकिस्तान र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौँ स्थानका लागि प्लेअफ हुन लागेको हो । नेपाल समूह ए बाट दुवै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको समूह बी बाट अफगानिस्तान तेस्रो भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।