उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
इंग्ल्याण्डविरुद्धको तेस्रो एसेजमा अस्ट्रेलिया मजबुत स्थितिमा देखिएको छ । आफ्नो पहिलो इनिङमा १९७ रनमा अल आउट भएकोमा घरेलु टोली इंग्ल्याण्डलाई ६७ रनमै अलआउट गरेको थियो ।
दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १७१ रन बनाएको छ । अब दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले २८३ रनको अग्रता लिएको छ ।
अस्ट्रेलियाका लागि मार्नस लाबुसचागनेले लगातार उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले अविजित ५३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै म्याथ्यु वाडेले ३३, ट्राभिस हेडले २५, उसमान ख्वाजाले २३ र मार्कस ह्यारिसले १९ रन बनाएर आउट भए ।
इंग्ल्याण्डका बलर स्टुअर्ट बोर्ड र बेन स्टोकले २–२ विकेट लिएका छन् ।
पहिलो इनिङमा ६ विकेट लिएका जोफ्रा आर्चरले भने दोस्रो इनिङमा विकेटविहीन छन् ।
अस्ट्रेलियालाई पहिलो दिन १७९ रनमा समेटेको इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा केवल ६७ रन बनाउँदा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि जोनी डेन्लीले बनाएको १२ रन नै सर्वाधिक रन थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।