ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सल्यानमा आइतबार राति गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
दुर्घटनामा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी ४४ वर्षीया जानकी बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारको क्रममा ज्यान गएको हो ।
यस्तै, घाइते हुनेमा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी २९ वर्षीया गर्भवती कल्पना चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्मरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदीप शर्माले बताउनुभयो ।
राति १ बजेर २५ मिनेटमा बागचौर नगरपालिका –२ चिल्ढालेबाट गर्भवती महिला २९ वर्षीया कल्पना चलाउनेलाई प्रसुती गराउन प्राथमिक स्वास्थ्य केन्द्र थारमारे पुर्याउने क्रममा रा १ १३७ नम्बर को एम्बुलेन्स ठाटीखोलाको आग्रीमा दुर्घटनामा परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।