उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ ।
प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने भए पनि नेपाली युवा टिम अभ्यास खेलका लागि अगाडि नै श्रीलंका प्रस्थान गरेको हो ।
घरेलु मैदानमा दुई हप्ताको तयारीपछि श्रीलंकामा तीन ओटा अभ्यास खेलका लागि नेपाली युवा टिम निर्धारित मितिभन्दा पहिले नै श्रीलंका गएको हो । श्रीलंकाको वातावरणमा भिज्न र प्रशिक्षणका साथै स्थानीय क्लबसँगको अभ्यासका लागि नेपाली टिम गएको हो । नेपालले श्रीलंकामा अभ्यासका साथै 'ए' डिभिजन क्लबसँग अभ्यास खेल्नेछ ।
नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित बिदाइ गर्नुभयो । उपाध्यक्ष तिम्सिनाले नेपाल टिमले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
यस्तै टिमका कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभए पनि आफूहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताए । उनले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा सेमिफाइनलसम्म पुग्ने सम्भावना रहेको बताए ।
यस्तै प्रशिक्षक विनोद दासले टिमले योजना अनुसारको तयारी नपाए पनि पछिल्लो केही महिनादेखि टिमको सेटअप राम्रो रहेकाले एसिया कपमा राम्रो नतिजाको अपेक्षा गरेको धारणा राखे ।
नेपालले एसिया कपको तयारीका लागि एसियन क्रिकेट काउन्सिल-एसीसीसँग सुरुवातमा भारतमा प्रशिक्षणका लागि आग्रह गरेको थियो । तर एसीसीले त्यो प्रस्तावलाई अस्वीकार गरे पनि श्रीलंकामा नै पाकिस्तान र अफगानिस्तानसँग अभ्यासका लागि अनुरोध गरेको थियो । तर एसीसीले त्यो आग्रह पनि सम्भव नभएको बताएपछि अन्तिममा नेपालले स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने तय भएको हो ।
समूह 'बी' मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यसपछि ८ तारिखमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश हुनेछ । समूहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ । समुहका दुई शीर्ष टिमले सेमिफाइनलमा स्थान बनाउने छन्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।