सुरु भयो सिंगापुरमा प्रधानमन्त्रीको उपचार, अवस्था सामान्य

 भदौ ८, २०७६ आइतबार १०:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डा - स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सुरु भएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको उपचार शुक्रबारबाट सुरु भएको र अवस्था सामान्य रहेको जनाइएको छ । 

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु भएको उहाँका निजी चिकित्सक डा.दिव्यासिंह शाहले जनकारी दिनुभएको छ । यस्तो उपचार विधि अरु केही पटक गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।  

प्रधानमन्त्री ओलीको शरिरमा एण्टिबडीको मात्रा बढेको र त्यसलाई कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउने गरिन्छ । प्लाज्मा फेरेसिस भनेको रगतमा रहेका अस्वस्थ प्लाज्मालाई निकालेर स्वस्थ प्लाज्मा राख्ने पद्दति भन्ने बुझिन्छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेका अनुसार यो उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले फेरि मिर्गौला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताउनुभयो ।  

याे पनि हेर्नुहाेस्

प्लाज्मा फेर्ने काम सफल भएमा मिर्गौलाले अझ राम्रो काम गर्न सक्छ भने असफल भएको खण्डमा त्यसले मिर्गौला फेल गराउने सम्भावना बढाउँने उहाँले बताउनुभयो । ‘मिर्गौला फेल भयो भने फेरि डायलाइिसस नै विकल्प हो’, उहाँले भन्नुभयो, ‘तर प्लाज्मा फेरेसिस असफल हुनु भनेको ज्यान नै तत्कालै जोखिममा पर्ने भन्ने हुँदैन बरु यसले मिगौला फेल गराउन सक्ने सम्भावना भने बढाउँछ ।’

गएको साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर फर्केको ३ हप्ता नबित्दै प्रधानमन्त्री ओली गएको बिहीबार फेरि उपचारका लागि सिंगापुर जानुभएको हो । मिर्गौला पीडित प्रधानमन्त्री ओलीको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया