ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ मा रहेको विरेन्द्र बजार खानेपानी योजनाको नाममा करोडाैं बजेट खर्च भए पनि योजना भने अधुरै रहेको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीद्धारा संचालित योजनामा ६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च हुँदा समेत योजनाको काम अधुरै रहेको हो ।
उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग हुँदा खानेपानी योजनाको काम अधुरो छोडिएको स्थानीयले आरोप लगाएका छन् । उपभोक्ता समिति र कर्मचारीहरुको लापरवाहीका कारण गुणस्तरहीन काम हुँदा पटक—पटक धारा अवरुध्द हुने गरेको उपभोक्तहरुले जानकारी दिएकाका छन् । कम मूल्यको प्लाष्टिक पाइप प्रयोग भएकाले बेलाबेलामा फुट्ने गरेको छ, एक उपभोक्ताले भन्नुभयो, ‘खोलाको मुहानमा ट्याङ्की नै नबनाई पाइप जोडिएको छ । ठूलो पानी पर्दा बाढीले पाइप बगाउने गर्छ । यस्तो हुँदा लामो समयसम्म पानी आउँदैन ।’
धरौटी १५ सय, जडान खर्च २ हजार साथै प्रति महिना २ सयको दरले खानेपानी योजनाका उपभोक्ता समितिलाई बुझाउँदा समेत शुद्ध खानेपानी प्रयोग गर्न नपाएको उपभोक्ताहरु बताउँछन् ।
नियमित रुपमा पानी नआएकोले अब धाराको पानी प्रयोग नगर्ने भनी धरौटी माग गर्दा विरेन्द्र बजार खानेपनी तथा सरसफाई योजनाका अध्यक्ष गोपालसिंह थापाले हप्काएको एक उपभोक्ताले दुखेसो पोख्नुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङसँग बजेटबारे जानकारी माग्दा आफूसँग आम्दानी खर्चको कुनै अभिलेख नरहेको बताउनुभयो ।
उहाँले के कति आम्दानी खर्च हो भन्ने विवरणबारे अध्यक्षले नबताएको जानकारी दिनुभयो । खानेपानी योजनामा करोडौं खर्च भए पनि काम अधुरै रहनुले उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा मोटो रकमको चलखेल भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् ।
खानेपानी योजना संचालन भएको वषौं वित्दासमेत आम्दानी खर्चको कुनै विवरण नराखी सार्वजानिक नगर्नुले ठूलै अनिमियतता भएको हुन सक्ने श्रोतको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।