भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – सोमबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।
मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणली) साविक स्थानभन्दा केही दक्षिणतर्फ सरेको मौसमविद्हरुले बताएका छन् । मनसुनको न्यूनचापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीको शिरसम्म बुझ्नुपर्ने हुन्छ ।
भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यूनचापीय प्रणली विकसित भएको छ । मनसुनी गतिविधि त्यति सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
सोमबार दिउँसो देशभरी सामान्य बदली रहि केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ । देशको पश्चिमी भूभागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, सोमबार राति पनि पश्चिमका केही भूभागामा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना भएकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।