मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
बलिउडमा चलचित्र निर्देशक सञ्जय लीला भन्सालीले चलचित्र ‘इन्शाअल्लाह’ बन्द गरेको खबर सार्वजनिक भएसँगै अब यस चलचित्रका लागि शाहरुख खानसँग कुरा अगाडि बढाइरहेको खबर चर्चामा आएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्र निर्माताहरुले शाहरुख खानका साथ चलचित्र ‘इन्शाअल्लाह’ र ‘इजहार’ को विषयमा चर्चा गरिरहेका छन् । यी दुवै चलचित्र प्रेम कहानीमा आधारित हुनेछन् ।
भन्साली र शाहरुखबीच चलचित्र ‘इजहार’ का विषयमा यस अघिदेखि नै कुराकानी भैरहेको थियो, जसको निर्माण शाहरुख खानको कम्पनी रेड चिल्लीज् इन्टरटेन्मेन्ट र भन्साली प्रोडक्शनले गर्नेछ । तर अब भने त्यो फिल्मको कामलाई पछाडि धकेलिएको छ । यदि शाहरुख खान र निर्माण पक्षबीच चलचित्र ‘इन्शाअल्लाह’ मा काम गर्ने कुरामा सहमति भएमा शाहरुख र आलिया भट्ट दोस्रो पटक स्क्रिन शेयर गर्नेछन् । शाहरुख र आलियाले सन् २०१६ मा चलचित्र ‘डियर जिन्दगी’ मा काम गरिसकेका छन् ।
खबरहरुका अनुसार सञ्जय लीला भन्साली आफ्नो चलचित्रमा पैसा र समयको लगानी मात्रै नभइ रगत, पसिना लगाउनसमेत पछि हट्दैनन् । उनी भावनात्मक रुपमै चलचित्रका लागि आफूलाई समर्पित गर्छन् । यसै कारण उनले चलचित्र ‘इन्शाअल्लाह’ का लागि गरेको मेहनतलाई यत्तिकै खेर जान देलान् भन्ने कल्पना गर्न मुश्किल छ । जसका लागि उनी झण्डै एक वर्षदेखि काम गरिरहेका छन् ।
चलचित्रका लागि लोकेसनको पनि टुंगो लागिसकेको थियो । चलचित्रको प्रि–प्रोडक्शनको काम, छायाँकनको मिति र अभिनेत्री आलिया भट्टले चलचित्रको एउटा गीतको छायाँकनको काम पनि पूरा गरिसकेकी थिइन् । सबै कुरा सही रुपमा अगाडि बढिरहेको थियो र भन्साली यही हप्तामा नै चलचित्रको छायांकन पनि सुरु गर्ने तयारीमा थिए ।
तर कुनै कुरामा सलमान र निर्देशक भन्सालीबीच खटपट सुरु भयो । खबरहरुका अनुसार सलमान खान चलचित्रको पटकथा परिवर्तन गर्न भन्सालीलाई दबाव दिन थाले । साथै सलमानले चलचित्रकी अभिनेत्रीसमेत परिवर्तन गर्नुपर्ने कुरा राखेका थिए । जुन कुरामा निर्देशक भन्साली सहमत भएनन् । किनकी भन्सालीलाई उनको चलचित्रमा बाहिरबाट अरु कसैले पनि हस्तक्षेप गरेको सह्य हुँदैन ।
बरु उनले केही समयको लागि चलचित्र नै बन्द गरिदिने निर्णय लिए । तर भन्साली आफ्नो मेहनतलाई व्यर्थै जान भने दिने छैनन् । किनकी झण्डै एक दशकअघि भन्सालीले शाहरुख खान र करीना कपूर खानका साथ चलचित्र ‘बाजीराव मस्तानी’ निर्माण गर्न चाहेका थिए । तर त्यतिबेला उनको कुरा पूरा हुन सकेन र पछि उनले त्यो चलचित्र रणबीर सिंह र दीपिका पादुकोणका साथ बनाए ।
भन्साली र शाहरुख खानले चलचित्र ‘देवदास’ पछि कुनै पनि चलचित्रमा सँगै काम गरेका छैनन् । यति बेला चलचित्र ‘इजहार’ लाई लिएर कुराकानी भैरहेको छ । अहिले आएर भन्साली चलचित्र ‘इन्शाअल्लाह’ मा सलमान खानको खाली ठाउँलाई पनि शाहरुख खानले पूरा गरुन् भन्ने चाहन्छन् । अहिले सबै कुरा गोप्यरुपमा अगाडि बढाइँदैछ तर यो चलचित्रको विषयमा छिट्टै नै सार्वजनिक घोषणा गरिने पनि बताइएको छ ।
अभिनेता शाहरुख खानले पनि चलचित्र ‘जिरो’ पछि कुनै पनि चलचित्रको घोषणा गरेका छैनन् । खबरहरुका अनुसार शाहरुखले छिट्टै नै कुनै ठूलो प्रोजेक्टको घोषणा गर्नसक्ने चर्चा थियो । त्यसमध्ये एउटा चलचित्र निर्देशक राज कुमार हिरानीका र अर्को चलचित्र सञ्जय लीला भन्सालीका साथ हुनेछ ।
यदि शाहरुख र भन्सालीबीच सहमति भए चलचित्र ‘इन्शाअल्लाह’ मा शाहरुख खान अमेरिकाका एक धनाड्य व्यापारीको भूमिकामा देखिने छन् । साथै उनको जोडी आलिया भट्ट रहनेछिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।