काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
ओखलढुंगा – जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक युवाविरुद्ध आत्महत्या दुरुत्साहनकाे मुद्दा दर्ता गरेको छ ।
चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा त्यसै ठाउँका युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
आत्महत्या गर्नुअघि ‘मेरो फेक आइडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ भनेर लेखिएको सुसाइड नोट फेला परेको थियो । फेक आइडी प्रयोग गरेर आफूलाई बदनाम गराउनेमाथि कारबाही गर्न माग गरेको सुसाइड नोट र परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकका परिवारले फेक आइडी खोलेर बदनाम गराएर आत्महत्या दुरुसाहन गरेको उजुरी गरेपछि ‘ह्यान्डराइटिङ’ परीक्षण गराउँदा गोमाकै रहेको पुष्टि भएपछि मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको श्रेष्ठले बताउनुभयाे । सुसाइड नोट प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।
युुवराजले गोमाको फोटो राखेर ‘सबैको बुढी म’ भन्ने नाम राख्दै बनाएको फेसबुक आइडी चलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।