ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
जुम्ला - जुम्लामा दोस्रो स्याउ महोत्सव शनिबार सम्पन्न भएको छ ।
जुम्ला र स्याउ दुवैलाई चिनमउने उद्देश्यले कान्जिरोबा टाइम्सको आयोजनामा दोस्रो स्याउ महोत्सव सम्पन्न भएको हो । महोत्सवको उदघाटन कर्णाली प्रदेस सरकारका प्रवक्ता भूमि व्यववस्था तथा कृषि मन्त्री बिमला केसीले गर्नुभएको थियाे ।
मन्त्री केसीले महोत्सवमा राखिएका जुम्लाको अर्गानिक स्याउका एक सयभन्दा बढी स्टलहरुसमेत अनुगमन गर्नुभएको थियाे । अवलोकनपछि मन्त्री केसीले कर्णाली प्रदेशको पहिचानको आधार स्याउ भएकाले अब उत्पादन वृद्धि गर्न किसानलाई उत्साहित गर्नुभयो ।
स्याउ प्रशोधन केन्द्रको डीपीआर गरिने:
मन्त्री केसीले कर्णाली प्रदेश सरकारले जुम्लामा बहुउपयोगी स्याउ प्रशोधन केन्द्रका लागि डीपीआर तयार गर्ने बताउनुभयो । डीपीआर र कृषकलाई उत्पादनका लागि डेढ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताउनुभयो । उहाँले अब कर्णालीमा कोक र फेन्टा नभइ होइन स्याउको जुस उत्पादन गर्न आवश्यक रहेको भन्दै हरेक पालिकामा जैविक विषादी केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयाे ।
प्रदेश सांसद दिनबन्धु श्रेष्ठले सडक सञ्जाल राम्रो नहुँदा किसानका स्याउ बिग्रने गरेकाले प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । जुम्लाको ब्राण्ड स्याउलाई संसारसामु चिनाउन महोत्सवको आयोजना गरिएको कान्जिरोवा टाइम्सका प्रवन्ध निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो ।
गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जुम्लाकाे पहिचान स्याउ व्यवसाय र कृषि पेशा भएकाले गाउँपालिकाले समेत प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले स्याउ पर्यटनको ठूलो आधार हुनेसमेत दावी गर्नुभयो ।
स्याउ किसान पुरस्कृत
यसैगरी स्याउ मेलामा राखिएका स्टलका स्याउ किसानहरु पुरस्कृत भएका छन् । रोयल डेलिसियस जातका किसानहरुमध्ये चना ७ जुम्लाका किसान रत्नबहादुर बम प्रथम, राजु मल्ल ( चन्दननाथ ६ ) द्वितीय र पुष्पा खत्री तृतीय ( चना १० ) भएका थिए ।
यसैगरी रेड डेलिसियस स्याउमा चन्दननाथ ६ का किसान गोरख बहादुर सुनार प्रथम भएका छन् । यसैगरी चन्दननाथ ८ का भैरव धराला दृतीय र चन्दननाथ ४ का हरि प्रसाद देवकोटा तृतीय भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।