स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदनका आधारमा सुधारकाे याेजना...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक सिंगापुरबाटै मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभएको छ ।
भिडियो कन्फरेन्समार्फत मंगलबारको छलफललाई मन्त्रिपरिषद् बैठक भनिएको छैन । गएको भदौ ९ गते सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत भएको छलफललाई भने प्रधानमन्त्री ओली स्वयंले मन्त्रिपरिषद् बैठक बसेको भनेर भन्नुभएको थियो ।
प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार दिउँसो १ः१० बजेदेखि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल भएको जानकारी दिनुभयो ।
— Bishnu Rimal (@BishnuRimal) September 3, 2019
भिडियो कन्फरेन्समार्फत मन्त्रालयका कामकारवाही र मन्त्रिपरिषद् बैठक नबस्दा आएका समस्याका बारेमा छलफल भएको रिमालले बताउनुभयो । यसअघि भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको भन्दै चौतर्फी विरोध भएको थियो ।
विदेशमा बसेर नेपालको मन्त्रिपरिषद् बैठक चलाउन नमिल्ने भन्दै सत्तारुढ र प्रतिपक्षी नेताका साथै सामाजिक सञ्जालमा विरोध भएको थियो । यसविषयमा संसदमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्पष्टिकरण दिँदै प्रधानमन्त्रीसँग भएको भिडियो कन्फरेन्स मन्त्रिपरिषद् बैठक नभई हाइ हेल्लो मात्रै भएको बताउनुपरेको थियो ।
मंगलबार दोस्रो पटक भएको भिडियो कन्फरेन्स मन्त्रिपरिषद् सदस्यबीच छलफल मात्रै भएको र यो मन्त्रिपरिषद् बैठक पनि नभएको तथा कुनै निर्णय पनि नभएको बताइएको छ ।
भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले आफ्नो उपचार चलिरहेको र स्वास्थ्य ठिक रहेको जानकारी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।