राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र शहीद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिनुभयो ।
शहीद प्रतिष्ठान नेपालले आइतबार काठमाण्डौमा आयोजना गरेकाे कार्यक्रममा उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री ओलीले आयोगको संयोजक आफूले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिनुभएको पनि बताउनुभयो ।
‘तपाईंले जसलाई भन्नुहुन्छ, त्यसैलाई आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरीदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देश र विदेशका प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mukunda Hatuwal
Sept. 15, 2019, 8:19 p.m.प्रचन्ड महोदय, अझै बाकी छ्न है तपाईंका मान्छे ! जनता यत्रो बिरोध गर्दै छन, तपाईंको र तपाइँको परिवारको कृतिमा ! अझै तपाइलाई पुग्दैन है ! अब त तपाईं जनताको प्रसंशा पो बटुल्ने तर्फ लाग्नु पर्छ त !