राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतको आडमा विधेयक पारित नगर्न सरकार र नेकपालाई सचेत गराएको छ । आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तहको छलफलमा कांग्रेस नेताहरुले नागरिकतालगायत विवादस्पद विधेकयहरु बहुमतको आडमा पारित नगर्न सचेत गराएको हो ।
जवाफमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सहमति जुटाउनकै लागि आफूले नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मतदान हुन नदिएको भन्दै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कांग्रेसले वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थामा नागरिकता ऐन २०६३ मा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने अडान लिएको छ । प्रस्तावित नागरिकता विधेयकमा विदेशी महिलालाई अंगीकृत नागरिकता कति वर्षमा प्रदान गर्ने, प्रकृया के हुने र कुन–कुन अधिकार दिने जस्ता बिषयमा सहमति जुट्न सकेको छैन ।
आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले नागरिकता विधेयकमा अझै बृहत छलफल गरेरमात्रै अघि बढ्ने बताउनुभएको छ ।
नागरिकता लगायत पछिल्ला घटना क्रममा बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा नेकपा र कांग्रेसबीच शीर्ष छलफल भएको हो ।
छलफलमा देउवासहित कांग्रेसका ११ शीर्ष नेताहरु सहभागी थिए । सत्तारुढ दलका तर्फबाट नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।
छलफलमा समसामयिक विषयमा गम्भीर छलफल भएको मन्त्री ढकालले जानकारी दिनुभयो ।
झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।