राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
सुर्खेत – नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीको राजीनामाको माग गर्दै कर्णाली प्रदेश सभाको आजको बैठक अवरुद्ध गरेको छ ।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन् । बजेट पारित भएको झण्डै दुई महिना बितिसक्दा पनि बजेटलाई संशोधन गरेर नल्याएको भन्दै मन्त्री ज्वालाको राजीनामा माग गरेको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकको सुरुमै बोल्दै सरकारले सदनालाई छलेको भन्दै चर्को आलोचना गर्नुभएको थियो । उहाँले मन्त्री आफैले बजेट पारित गर्दा संशोधनसहित बजेट ल्याउँछु भनेको प्रतिबद्धता कार्यान्वयन नगरेको र सर्वसम्मत रुपमा पारित भएको बजेट गोप्य राखेकाले मन्त्री ज्वालाको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विनियोजन विधेयक २०७६ पारित गर्दा संशोधन गर्ने प्रतिबद्धता कार्यान्वयन भएन । सरकारबाट सदनको मर्यादा नराख्ने काम भयो । सिंगो सदनलाई छल्ने आर्थिक मामिला मन्त्रीको राजीनामा नभएसम्म कसरी संसद चल्न सक्छ ? उहाँको राजीनामा नआएसम्म सदन चल्न दिदैनौँ ।’ नेता शाहीले अहिलेसम्म परिमार्जित गरेर बजेट नल्याएको बताउनुभयो ।
सदनमा सरकारलाई ध्यानाकषर्ण गराएका विषयमा सरकारले चासो नदिएको पनि उहाँले बताउनुभयो । ‘सदनमा के–के कुरा उठ्छन । यस्तो बेलामा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिव सहभागी हुन्छन् तर यहाँ हुन्छन् कि हुँदैनन् थाहा हुँदैन । हामीले उठाएका कुरा कार्यान्वयन भयो कि भएन भनेर सोध्योँ भने केही थाहा छैनन् भन्छन्’, उहाँले भन्नुभयो, ‘सदनमा उठेका कुराहरुमा सरकार बेखबर छ ।’
सत्तापक्षकै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै चर्को आलोचना गरेपछि सरकारले संशोधनसहित ल्याउने प्रतिबद्धता जनाएको थियो । तर बजेट पारित भएको दुई महिना पुगिसक्दा पनि योजनाको किताब नल्याएपछि कांग्रेसले विरोध जनाएको हो ।
बजेटमा चालु खर्च घटाउनुपर्ने, मुख्यमन्त्रीको कार्यालयमा पूर्वाधारका लागि राखिएको पाँच अर्बमध्ये एक अर्ब ९२ करोड बजेट भौतिक मन्त्रालयमा समावेश गर्नेलागयतका सहमति भएपछि बजेट पारित भएको थियो । नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।