सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास नाम निकोलस जेरी जोनस हो ।
निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ । सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन् तब निकको उमेर मात्र ८ वर्षको थियो । निक र प्रियंकाकाे सम्बन्धले मायालाई उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएकाे छ ।
सन् २००६ मा निकको पहिलो एल्बम इट्स अवाउट टाइम आएको थियो, त्यो बेला उनको उमेर मात्र १३ वर्षको थियो ।
निकको जन्म १६ सेप्टेम्बर १९९२ मा अमेरिकाकाे टेक्सासको डालास शहरमा भएको थियो, उनले ७ वर्षको उमेरमा नै काम गर्न सुरु गरेका थिए । निकले सन् २००२ मा आफ्ना पितासँग मिलेर अफ्नो पहिलो गीत जोए टु द वर्ल्ड गाएका थिए, जुन गीत निक आफैँले लेखेका थिए । त्यसपछि उनी गायनको माध्यमबाट चिनिँदै गए ।
सन् २०१४ मा निक जोनलाई बेलायती म्यागेजिन ओके र सन् २०१५ मा अमेरिकी म्योगेजिन पिपुल्स ले सेक्सिएस्ट मेन अलाइभ बाट सम्मान गरेको थियो ।
निकले अहिलेसम्म १७ ओटा म्युजिक एल्बमका लागि गीत गाएका छन् । डेली मेलको रिपोर्टका अनुसार निकको वार्षिक कमाइ २५ मिलियन डलर बराबर रहेको छ ।
प्रियंका र निकले २०१८ काे डिसेम्बर १ तारिखका दिन विवाह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।