बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकियो बार्सिलोना

 असोज १, २०७६ बुधबार ६:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

युराेपीयन च्याम्पियन्स लिगकाे समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयाे ।

घरेलु टिम डर्टमण्डले अन्तिम समयमा पाएकाे पेनाल्टीलाई सदुपयाेग गर्न नसक्दा बराबरीमा चित्त बुझायाे । मार्को रिउसको प्रहारलाई बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाएका थिए । बार्साका लागि लियाेनल मेस्सी मैदानमा उत्रिए पनि त्यति प्रभाव जमाउन सकेनन् ।

बार्साका प्रशिक्षकले मेस्सीलाई सुरुवातमा बेन्चमा राखेर युवा खेलाडी फाटीलाई सेटमा राखेका थिए । जसका कारण फाटीले कम उमेरमा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए । उनी १६ वर्ष तीन सय दिनमा च्याम्पियन्स लिगमा डेब्यू गर्दै कम उमेरमा याे प्रतियाेगिता खेल्ने खेलाडी बनेका छन् ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया