कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - अरबाैँको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो । पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तीय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ ।
त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिनुभयो । प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तिमा सरकारले गरेको कमजोरीका कारण पनि सो निगममा सुधार हुन नसकेको निष्कर्ष पनि निकालिएको छ ।
कार्य दलले निगमको नोक्सान हाल ५ अर्ब २१ करोड ७६ लाख रहेको तथा ४० अर्ब ऋणको पनि व्ययभार रहेको पनि जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एअर बस विमान रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्ब ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको पनि बताउनुभयो ।
यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभयो । उहाँले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार पनि गम्भिर रहेको बताउनु भयो । त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाइ छ ।
मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।