राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – सरकारले डेंगी संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या अत्यन्तै न्यून रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगी संक्रमणलाई लिएर आपतकालीन अवस्था घोषणा गर्नुपर्ने तहसम्म नरहेको स्पष्ट पार्नुभएको हो ।
नेपालमा मात्रै नभइ विश्वका अन्य देशमा पनि डेंगीको संक्रमण देखिएको उल्लेख गर्दै उहाँले नेपालको डेंगी संक्रमण जटिल किसिमको नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, हामीकहाँ यो रोग पनि अन्य देशमा जस्तै न्यून रुपमा मात्र देखिएका छन् । मृत्युदर अत्यन्तै न्यून रहेकोले नै आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने हदमा नरहेको कुरा जानकारी गराउन चाहन्छु ।
उहाँले डेंगीलगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख रुपैयाँ र ८५ वटा पालिकामा एक करोड ६६ लाख रुपैयाँ पठाइएको जानकारी गराउनुभयो । त्यसैगरी पालिकाका विभिन्न जिल्लामा डेंगी रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर मार्ने अभियान सञ्चालन गर्नुको साथै जनचेतनामूलक कार्यक्रम भैरहेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले देशैभरका एक सय १८ वटा अस्पतालबाट डेंगीसम्बन्धी तथ्यांक अध्यावधिक गर्ने काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्री यादवले सघन डेंगी रोग नियन्त्रण घर दैलो अभियान अन्र्तगत ‘सबैको साथ डेंगीको नाश हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टे लार्भा नष्ट” अभियान सञ्चालन गरिएको तथा जानकारीमूलक सूचना प्रकाशनका कार्यगत सूचीको विवरण पनि संसदमा पेस गर्नुभएको थियो ।
संसदको यसअघिका बैठकमा डेंगी संक्रमण बढ्दै जाँदा जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय गम्भीर नबनेको भन्दै प्रतिपक्षी दलका सांसदले स्वास्थ्य मन्त्रीको राजीनामा मागेका थिए भने सत्तापक्षकै सांसदहरुले पनि स्वास्थ्य मन्त्रीको आलोचना गर्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।