राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्रप्रसाद रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनुपर्ने सुझाव दिनुभयाे ।
प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटनाउने, व्यापार घाटा कम गर्ने, भ्रष्टाचार नियन्त्रणलगायत विषय सम्बोधन गर्ने गरी कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उहाँहरुले राख्नुभएको थियो ।
छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।