नयाँ प्रधानमन्त्री निवास मेरा लागि हाेइन : प्रधानमन्त्री ओली

 असोज २, २०७६ बिहीबार १४:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दबाब र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताउनु भएको छ ।

संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा त्यो भवन निर्माण गर्न लागिएको प्रष्टयाउनु भएको हो ।

‘हामीले भन्यौँ, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौँ । संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौँ’, प्रधानमन्त्री ओलीले थप प्रष्टयाउनु भयो, ‘तर देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, जो अत्यन्त स्वतन्त्र ढंगले कुनै प्रकारको कसैको दायित्व, उत्तरदायित्व, दबाबजस्ता कुराहरु नलिइकन कुनै पनि प्रकारको प्रभावमुक्त राख्नुपर्ने भएकाले संसद भवन आफ्नै लगानीमा निर्माण गर्न सुरु गरियो ।’

बिहीबार बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिँदै त्यसो गर्नु जायज नहुने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्ना लागि नभएको पनि बताउनुभयो । ‘म अहिले ४१औँ प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘यो भवनमा २ सय ४१औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’ त्यस अवसरमा उहाँले अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भने त्यो भवन निर्माण कार्य हुँदै गर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने त्यस भवनमा शान्तसँग बस्न पाउने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bimal Karmacharya

    July 31, 2020, 10:28 p.m.

    Yes

  •  0 Reply

तपाईको प्रतिक्रिया