चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
फिफा विश्वकपको २१औं संस्करणको उपाधिका लागि आइतबार लुज्निकी स्टेडियममा क्रोएसिया र फ्रान्स भिड्दैछन् ।
त्यसअघि शनिबार सेन्ट पिटर्सबर्गमा तेस्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । बेल्जियम र इंग्ल्याण्डको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
एउटै समूहमा रहेर फिफा विश्वकप सुरु गरेका यी दुई राष्ट्र फेरि भेट्दैछन् । १–० को जित हात पारेको बेल्जियम समूहको विजेता थियो । अब यो खेलमा यी दुई टोली प्रतिष्ठाका लागि खेल्दैछन् ।
दुवै टिमले यो विश्वकपमा उच्च सफलता पाउने लक्ष्यमा हुनेछन् । रोबर्टो मार्टिनेजको टोली फ्रान्ससँग १–० ले पराजित हुँदै पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भएको थियो । ‘स्वर्ण युग’ भनिएको बेल्जियमका लागि विश्वकपको नतिजा अपेक्षाकृत रहेन ।
अघिल्लो संस्करणको क्वार्टरफाइनलमा अर्जेन्टिनासँगको र युरो कपमा पनि वेल्ससँग हारेको बेल्जियम अब कास्य पदकको खोजीमा रहनेछ । बेल्जियम विश्वकपमा दोस्रो पटक तेस्रो स्थानका लागि खेल्दैछ । यसअघि सन् १९८६ मा फ्रान्ससँग ४–२ ले पराजित भएपछि चौथो बनेको बेल्जियम यो पटक विश्वकपको सबैभन्दा ठूलो सफलताको स्वाद लिने लक्ष्यमा छ ।
डिफेन्डर थोमस मुनिरले इंग्ल्याण्डलाई हराएर कास्य पदक जित्नु बेल्जियम टिमको न्यूनतम आवश्यकता भएको बताउँछन् । सेमिफाइनलमा फ्रान्ससँग उत्कृष्ट प्रदर्शन गरे पनि सामुयल उम्टिटीको हेडरले नतिजा हातबाट फुस्किएको थियो ।
‘समूह चरणमा इंग्ल्याण्डलाई हराएका थियौँ, यो खेलमा पनि नतिजा हाम्रो पक्षमा आउनेमा विश्वस्त छौं ।’ पत्रकार सम्मेलनमा मुनिरले भने, ‘जित्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो चाहना पनि हो ।’
केरन ट्रिपियरको पहिलो हाफको गोलमा इभान पेरिसिच र मारियो मान्जुकिचले गोल गरेपछि इंग्ल्याण्ड टिम तथा समर्थकको दिल तोडिएको थियो । सन् १९९० मा पनि पश्चिम जर्मनीसँग पराजित भएको इंग्ल्याण्ड कास्यको लडाईंमा आयोजक इटालीसँग २–१ ले पराजित भएको थियो ।
यो विश्वकपको अन्तिम खेलमा जित हात पारेमा टिममा सकारात्मक सन्देश जाने भनाई डिफेन्डर ग्यारी केहिलको छ ।
‘दुवै टिमका लागि यो अलि अनौठो खेल हो । निराशाबाट फर्किए पनि यो खेल खेल्नै पर्छ ।’ केहिलले भने, ‘विश्वकपमा हामीले खेलेको खेलबाट गौरवान्वित छन् । हाम्रो यो टिमका कारण भविष्यका लागि पनि सकारात्मक आशा देखाएको छ ।
–बेल्जियमसँग हार्नुअघि इंग्ल्याण्डले कुल २१ खेलमा १५ जित र पाँच बराबरी खेलेको थियो ।
–एउटै विश्वकपमा दुई पटक खेल्न लागेका यो दोस्रो टिम हो । यसअघि टर्की र ब्राजिलले सन् २००२ को विश्वकपमा दुई पटक खेलेका थिए ।
–रोबर्टो मार्टिनेजको प्रशिक्षणमा बेल्जियमले जम्मा दुई खेल हारेको छ । उनले प्रशिक्षण सम्हालेको पहिलो खेलमा स्पेनसँग हारेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो ।
–पछिल्लो तीन खेलमा गोल गर्न नसके पनि स्ट्राइकर रोमेलु लुकाकुले रोबर्टो मार्टिनेजको प्रशिक्षणमा २३ खेलदमा २३ गोल गरेका छन् ।
–ह्यारी केनले यो विश्वकपको तीन खेलमा एउटामात्र सट टार्गेटमा प्रहार गरेका छन् ।
रोमेलु लुकाकु–बेल्जियम
म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले यो विश्वकपमा चार गोल गरेका छन् । सबै गोल उनले सेटपिसमा गरेका हुन् । बेल्जियम टिमका सर्वाधिक गोलकर्ता लुकाकुले ७१ खेलमा ४० गोल गरेका छन् ।
यो विश्वकपको सर्वाधिक गोलकर्ता ह्यारी केन भन्दा दुई गोलले पछि रहेका लुकाकु गोल्डेन बुटको दौडमा छन् । चार गोल गरेका लुकाकुले ३ गोल गर्न सकेमा उनले ह्यारी केनलाई पछि पार्दै गोल्डेन बुट जित्नेछन् । उनको शारीरिक शक्ति, द्रुत गति र उत्कृष्ट फिनिसिङ कलाले इंग्ल्याण्डको डिफेन्सलाई चुनौती दिनेछ ।
क्रोएसियाविरुद्धको खेलमा राम्रो खेल्न नसकेका ह्यारी केनले एउटा पनि सट टार्गेटमा प्रहार गर्न सकेनन् । तर पनि उनी गोल्डेन बुटको दौडमा छन् । यदि उनले आज ह्याट्रिक गर्न सकेमा गोल्डेन बुटसँगै एउटै विश्वकपमा सर्वाधिक (९) गोल गर्ने खेलाडी बन्नेछन् । जुन रेकर्ड सन् १९७० विश्वकपपछि पहिलो हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।