कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ - संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उपभोक्तालाई राहत दिने गरी निगमले मूल्य समायोजन गरेको हो ।
यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो ।
यसैगरी निगमले अन्तर्राष्टिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजमा तेल हाल्न पाइने छ ।
घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
KD
Sept. 22, 2019, 9:05 p.m.तर राधे राधेका पसलहरु पुरानो स्टकको ग्याँस भनेर १४७५ नै लिइरहेको छ , मूल्य बढ्दा ती पसलले पुरानो स्टक नभनेर "बढेको" मूल्य नै लिने रहेछ / यो कुरा कसले बुझ्ने ? अनि हेर्ने हो ?सम्बन्धित पक्षको ध्यान जावोस् /