बिहेको उमेर घटाउने काइदा : माननीय र प्रहरीलाई फाइदै फाइदा !
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै महानगरको नेतृत्व टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले ६ ओटै महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले गरेको निर्णय अनुसार काठमाण्डौ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रविन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै ललितपुर महानगरपालिकाको अध्यक्षको जिम्मेवारी मञ्जली शाक्य र सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाक्यले पाउनुभएको छ । नेकपाले पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरपालिकाको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रोहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा, विराटनगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन गरेको छ ।
बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपाले प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता गर्न बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।