उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – साफ यू–१८ च्याम्पियनशिपमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको छ ।
यो हारसँगै नेपालको सेमिफाइनलमा पुग्नका लागि भुटान र माल्दिभ्सबीचको नतिजा कुनुपर्ने भएकाे छ । हलचोक मैदानमा आइतबार भएको खेलमा पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिन नसक्दा अरु २ गोल खान पुग्यो ।
खेलको ३६ औंँ मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको भुटानले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ८६ औंँ मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाएका थिए ।
२ गोलले पछि परेको नेपालमाथि ९० औंँ मिनेटमा कर्मा सोनामले तेस्रो गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।