एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
संखुवासभा – मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।
आइतबार बेलुकीपख सेदुवा च्याक्सेडाँडाको हिङद्रमा भन्ने ठाउँको जंगलमा अलैँची बगानमा अलैँची टिप्ने क्रममा वडा सदस्य शेर्पालाई भालुले आक्रमण गरेको हो ।
भालुले आक्रमण गरेपछि शेर्पाले गुहार माग्नुभएको थियो । अलैँची बगानमा रहेका अन्य साथीहरुले भालु लखेटेका थिए । त्यसपछि उहाँलाई उपचारको लागि राति नै सेदुवाको स्वास्थ्य चौकीमा पठाइएको थियो ।
भालुको आक्रमणबाट शेर्पाको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको जनाइएको छ । यस क्षेत्रमा भालुको आक्रमणबाट गएको वर्ष पनि २ जना गम्भीर घाइते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।