अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान...
पुस २५, २०८१ बिहिबार
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधबार बिहान भएको खेलमा भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो ।
अघिल्लो साता ग्रानाडासँग पराजित भएको बार्सिलोनाको प्लेयिङ सेटमा सुरुमै लियोनल मेस्सी खेलेका थिए । तर उनी दोस्रो हाफमा भने रिप्लेस भएका थिए । पहिलो हाफको छैटौँ मिनेटमा मेस्सीको सहयोगमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । आर्थर रामोसले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
मेस्सीका साथै लुइस स्वारेज पनि सुरुकै प्लेयिङ सेटमा रहेका थिए । भिल्लारियलका लागि सान्टियागो गोन्जालेजले गोल गर्दै अग्रता २–१ मा झारे पनि हार भने टार्न सकेनन् । जितसँगै बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।
अर्को खेलमा रियल बेटिस विजयी भएको छ । मंगलबार राति भएको खेलमा रियल बेटिसले लेभान्टेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
रियल बेटिसले १ गोलको अग्रता उल्टाउँदै बेटिसले ३ गोल थपेको थियो । हेरनानी फोरटेजले सातौं मिनेटमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए । लोर्नेज मोरोजले पहिलो हाफको इन्ज्योरी समयमा गोल गर्दै बराबरी गोल गरेका थिए ।
दोस्रो हाफको सुरुमै मोरोजले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल बेटिसले २–१ को अग्रता बनायो । बोर्जा इग्लेसियाले ६७ औं मिनेटमा गोल गरेपछि ३–१ गोलको जित दिलाउन सफल भए ।
यस्तै, अर्को खेलमा रियल भालाडोलिड र ग्रानाडाले एक एक गोलको बराबरी खेलेका छन् । गएको साता बार्सिलोनालाई पराजित गरेको ग्रानाडाले १ गोलको अग्रता उल्ट्याउँदै भालाडोलिडसँग अंक खोस्न सफल भएको हो ।
ओस्कार प्लानोले १२ औं मिनेटमा गोल गर्दै भालाडोलिडले अग्रता बनाएको थियो । ४२ औं मिनेटमा कार्लोस फर्नान्डेजले गोल गर्दै ग्राण्डालाई खेलमा फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिम एक–एक अंक लिन बाध्य भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।