सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ । यो विमानस्थल ‘स्टारफिस’ आकारको छ ।
७ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै ठूलो टर्मिनलयुक्त विमानस्थल भएको चाइना डेलीले जनाएको छ । विमानस्थल परिषद अनुसार बेइजिङको यो विमानस्थल विश्वकै व्यस्त एटलान्टापछि दोस्रो नम्बरमा पर्छ । नयाँ विमानस्थलले बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थलमाथि परेको चाप घट्ने विश्वाससमेत गरिएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार पहिलो उडान ‘चाइना सदर्न एअरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको छ । ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तर्राष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङ विमानस्थलका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।